पेस्तोल बोकेर गाउँमा तर्साउँदै हिन्ने बाजुराका १८ बर्षिय गिरि पक्राउ

  शुक्रबार ०७, असार २०८१ ०६:४३

धनगढी । बाजुरामा पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । मंगलबार बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८ कालापानी बस्ने १८ बर्षिय कुबेर गिरि पक्राउ परेका हुन् । 

गाउँ समाजमा झै झगडा गर्ने र साथमा हतियार (पेस्तोल) समेत बोकी गाउँ समाजमा अशान्ती फैलाउने गरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराले उनलाई पक्राउ गरेको हो ।

गिरिले घरमा लुकाई छिपाई राखेको अवस्थामा एक थान पेस्तोल सहित उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनलाई जिल्ला अदालत बाजुराबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।

clock शुक्रबार ०७, असार २०८१ ०६:४३

प्रतिक्रिया