दिपेन्द्र टी–२० को अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिए

  बिहिबार ०६, असार २०८१ ०९:४२

काठमाडौँ । क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी–२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन् । आइसीसीले हालै सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन् । 

दिपेन्द्रले हालै टी–२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरियतामा सुधार भएको हो । टी-२० को अलराउन्डर वरियताको शिर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस रहेका छन् । 

उनले अफगानिस्तानका मोहमद नावीलाई पछि पर्दै शिर्ष स्थानमा उक्लिएका हुन् । त्यस्तै दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् । यस अघि चौथो स्थानमा रहेका शकिबले दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

त्यस्तै यस अघि शिर्ष स्थानमा रहेका नावी भने चौथो स्थानमा झरेका छन् । त्यस्तै पाँचौं स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् । दिपेन्द्र पछि भारतका हार्दिक पाण्डेय सातौ स्थानमा रहेका छन् ।

clock बिहिबार ०६, असार २०८१ ०९:४२

प्रतिक्रिया