कस्तो रहला देशभरको मौसम ?

  बुधबार ०५, असार २०८१ ०६:५५

काठमाडौँ । हाल कोशी, बाग्मती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशलगायत बाँकी भेगका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशीका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । 

महाशाखाका अनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भेगका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक/दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना छ । 

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भेगमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव छ।

clock बुधबार ०५, असार २०८१ ०६:५५

प्रतिक्रिया