कैलालीबाट तीन नाल बन्दुकसहित एक जना पक्राउ

  बुधबार ०५, असार २०८१ ०६:४८

धनगढी । कैलालीबाट तीन नाल बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१२ नकफोडुवाका ३७ वर्षीय मोहनबहादुर खत्री बन्दुकसहित पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कविन्द्र सिंह बोहराका अनुसार मङ्गलवार साँझ उनी पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको हो। सुखड प्रहरीले घटनाको थप अनुसन्धान गर्दै छ।

clock बुधबार ०५, असार २०८१ ०६:४८

प्रतिक्रिया