नेपालका कप्तान पौडेल र बङ्ग्लादेशका बलर हसन बीच के भएको थियो ?

  मङ्गलबार ०४, असार २०८१ १५:२३
तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले बङ्ग्लादेशका बलर तन्जिम हसन सकिबसँग भएको नोकझोकबारे प्रष्टीकरण दिएका छन् ।

खेलपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले तन्जिमसँग खासै त्यस्तो केही नभएको बताएका छन् । ‘तन्जिम आएर आफ्नो बलमा रन जोड्न भने र मैले जाऊ बलिङ गर भने । अरू त्यस्तो केही भएको होइन’, रोहितले भने ।

कप्तान रोहितले तन्जिमको प्रशंसा पनि गरेका छन् । ‘उनले निकै राम्रो बलिङ गरे । उनले हामीलाई दबाबमा राखे । उनको बलमा हामीलाई रन जोड्न गाह्रो भइरहेको थियो’, उनको भनाइ थियो ।

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बङ्ग्लादेशसँगको त्यो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । बङ्ग्लादेशका बलर तन्जिमले हसनले ४ विकेट लिएका थिए ।

४ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ७ रन मात्रै दिएका थिए । त्यो खेलमा उनी ‘प्लेअर अफ द म्याच’ चुनिएका थिए । यो जितसँगै बङ्ग्लादेश टी–२० विश्वकपको दोस्रो चरणमा पुगेको थियो ।

clock मङ्गलबार ०४, असार २०८१ १५:२३

प्रतिक्रिया