बैतडीमा भिरबाट लडेर महेश्वरीको मृत्यु

  मङ्गलबार ०४, असार २०८१ १०:५१

बैतडी । बैतडीमा भिरबाट लडेर महेश्वरी विकको मृत्यु भएको छ।

सिगास गाउँपालिका–९ चौखामकी १९ वर्षीया विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। 

सोमवार साँझ घर नजिकै घाँस काट्न गएकी विकको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको ९ नम्बर वडाका वडा अध्यक्ष कृष्ण धामीले बताए। 

महेश्वरी उदय मावि गन्सुरमा कक्षा ९ मा अध्ययनरत थिइन्। 

clock मङ्गलबार ०४, असार २०८१ १०:५१

प्रतिक्रिया