अछाममा लाइटर पड्किँदा घरमा आगलागी

  मङ्गलबार ०४, असार २०८१ ०९:२४

 

अछाम । अछाममा लाइटर पड्किँदा घरमा आगलागी भएको छ।

ढकारी गाउँपालिका–६ मोयमा आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर अत्यधिक गर्मीले तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घरमा आगलागी भएको हो। 

आगलागीका कारण घरमा रहेको नगदसहित अन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको छ।

clock मङ्गलबार ०४, असार २०८१ ०९:२४

प्रतिक्रिया