एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः धनगढी वडा नम्बर १ प्रबद्र्धक

  मङ्गलबार ०४, असार २०८१ ०९:०१

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ लाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले साथ दिएको छ । धनगढीको ओम प्यालेसमा हुने अवार्डमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले साथ दिएको हो । वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले  सम्झौता पत्रमा हस्ताक्षर गरे ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५र३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५र२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

clock मङ्गलबार ०४, असार २०८१ ०९:०१

प्रतिक्रिया