चेक अनादर र वन मुद्दाका २ जना फरार दोषी पक्राउ

  सोमबार ०३, असार २०८१ ०९:०३

धनगढी । कैलालीबाट चेक अनादर र वन मुद्दाका २ जना फरार दोषी पक्राउ परेका छन्।

बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा ८ हजार ६५५ जरीवाना तोकिएको बर्दगोरिया गाउँपालिका–५ बस्ने ३६ वर्षीय महाबिर बि।क। र चेक अनादर मुद्दामा १ हजार जरीवाना तोकीएको कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ४१ वर्षीय सोमबहादुर तामाङ पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर भई फरार रहेका दुुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

clock सोमबार ०३, असार २०८१ ०९:०३

प्रतिक्रिया