सेती प्रादेशिक अस्पताललाई ‘क’ बर्गको एम्बुलेन्स हस्तान्तरण

  शुक्रबार २२, बैशाख २०८० १५:०४

धनगढी । रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई अत्याधुनिक "क" बर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ धनगढीका अध्यक्ष ठेकेद्रराज जोशीले प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयलाई जापानमा निर्मित ल्याण्डक्रुज कम्पनीको "क" बर्गको एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले एम्बुलेन्सले उपचारमा सहज हुने बताउदै मानवीय सेवामा कार्य गरेको भन्दै क्लबलाई धन्यवाद दिए ।

यस्तै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको बिगतदेखी नै क्लबले गरेको कामको उच्च मुल्यांकन गर्दै एम्बुलेन्स प्रदान गरेकोमा प्रशंसा व्यक्त गरे ।

रोटरी क्लबको ग्लोबल ग्र्याण्ड अन्तरगतको उक्त एम्बुलेन्स प्रोजेक्टका संयोजक तथा क्लबका पुर्व अध्यक्ष हरिशंकर ठाकुरले भन्सार छुट गरेर करिब १ करोड ३५ लाखको लागतमा एम्बुलेन्स खरिद गरि प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्न पाउँदा आफू निकै हर्षित भएको बताए ।

उनले सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद समेत दिए । आज भन्दा करिब १० बर्ष अघि रोटरी क्लब अफ धनगढी चार्टर्ड भएको संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्टले बताए । उनले क्लब स्थापना भएयता थुप्रै सामाजिक कार्य गरेको बताए ।

क्लबले कोभिड-१९ को बेला एकैपटक १०० थान अक्सिजन कन्स्ट्रेटर सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाका जिल्ला अस्पताल, बोराडाडी स्थित आर्मी अस्पताल, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही अस्पतालहरुलाई बितरण गरेको बताए ।

त्यस्तै क्लबले खानेपानी, स्वास्थ्य सामाग्री, हावाहुरी, डुबान लगायतका क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको संस्थापक अध्यक्ष भट्टले बताए ।

clock शुक्रबार २२, बैशाख २०८० १५:०४

प्रतिक्रिया