टी–२० विश्वकप : बंगलादेश विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल
काडमाडौँ । टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालले समूहचरणको अन्तिम खेलमा सोमबार केही समय पछि बंगलादेश विरुद्ध पहिले फिल्डीङ गर्ने छ।
सेन्ट भिन्सेन्टमा नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । दक्षिण अफ्रिकाविरुद्ध खेलमा टोलीमा नरहेका सन्दीप जोराले आज खेल्ने मौका पाउँदा तीव्र गतिका बलर करण केसी बेन्चमा छन् ।
दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई हराउने मौकाका रुपमा रहँने छ। यद्यपि बंगलादेशका लागि भने यो खेल जित्दै अघिल्लोचरण पुग्ने अवसरका रुपमा रहने छ।
एक रनको हारपछि निरास बनेको नेपाली टोलीले आइतबार कुनै अभ्यास गरेन्। खेलाडी मानसिक रुपमा कमजोर भएसँगै उनीहरुलाई आराम दिएको थियो। नेपाल दक्षिण अफ्रिकासँग पराजित भएसँगै यो खेल प्रतिष्ठाका रुपमा मात्र रहेको छ।
प्रतिक्रिया