खेलकुद बिकास समिति कैलालीका प्रमुख केसीले सम्हाले जिम्मेवारी

  आइतबार ०२, असार २०८१ १४:४०

धनगढी । जिल्ला खेलकुद बिकास समिति कैलालीको कार्यालय प्रमुखमा आश्रम केसी नियुक्त भएका छन् । राष्टिय खेलकुद परिषदको सदस्य सचिव स्तरिय निर्णयले केसीलाई कैलाली जिल्ला कार्यालयको प्रमुख नियुक्त गरे सगैं उनले आजबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । 

कराँते प्रशिक्षक समेत रहेका केसीले कार्यालय प्रमुखका रुपमा पद बहाली गरेका हुन् । केसीको स्वागत सगैं निबर्तमान कार्यालय प्रमुख दिपक बहादुर सिहंको बिदाई गरिएको छ ।

पद बहाली सगैं केसीले अध्यक्षको निर्देशनमा आवश्यक काम गर्ने बताए । खेलकुदको बिकासका लागी बिकास समितिको टिम र सबै खेल क्षेत्रका ब्यक्तीहरु सगंको सल्लाहले आफ्नो क्षेत्रबाट सक्दो काम गर्ने उनको प्रतिबद्धता छ । 

खेलकुद बिकास समिति कैलालीका अध्यक्ष ललित खत्रीले नयाँ कार्यालय प्रमुखको स्वागत सगैं सरुवा भएका निबर्तमान प्रमुख सिहंलाई विदाई गरेका हुन् । सिहंलाई अध्यक्ष खत्रीले मायाको चिनो दिएर बिदाई गरेका हुन् ।

 विदाई गर्दै अध्यक्ष खत्रीले सिहंले कर्तब्यनिस्ट भएर काम गरेको भन्दै प्रशसां गरे । खेलकुदको बिकासका लागी कर्मचारी र बिकास समितिको टिमले सधैँ हातेमालो गर्नुपर्ने उनको भनाई थियो ।

clock आइतबार ०२, असार २०८१ १४:४०

प्रतिक्रिया