आज राति चन्द्र ग्रहण लाग्दै, नेपालबाट देखिँदैन

  शुक्रबार २२, बैशाख २०८० १०:०८

काठमाडौं । आज शुक्रबार चन्द्रग्रहण लाग्ने भएको छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन । यसलाई ‘पेनम्ब्रल’ नाम दिइएको छ ।

वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यस सम्बन्धी धार्मिक सांस्कृतिक मान्यताहरू लागू हुँदैनन् ।

आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन् ।

चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ । तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ । त्यसैले आजको चन्द्रग्रहणलाई खगोलविदहरुले विशेष मानेका छन् ।

यो ग्रहण नेपालबाट भने देखिने छैन ।

clock शुक्रबार २२, बैशाख २०८० १०:०८

प्रतिक्रिया