डडेल्धुरामा रोपाइँ गर्न गएका २० भन्दा बढी बिरामी

  शनिबार ०१, असार २०८१ १०:०१

डडेल्धुरा । डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन्। 

जिल्लाको परशुराम नगरपालिका–४ कटालका २० जनाभन्दा बढी स्थानीय एकैसाथ बिरामी परेका हुन्।

जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीका अनुसार बिहीबार गाउँमा रोपाइँ गर्न गएका मानिसहरूले खाना खाँदा सबै बिरामी परेका हुन्। 

रोपाइँमा गएका सबैजसो मानिसलाई झाडापखला र वान्ता हुने समस्या देखा परेको उनले बताए।

जोगबुडा अस्पतालमा अहिले २० जनाभन्दा बढी मानिस उपचार गराइरहेका छन् भने ७ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको सूचना अधिकारी धामीले जानकारी दिए। 

उनका अनुसार फुड पोइजनबाट यस्तो समस्या देखापरेको जस्तो देखिएता पनि ल्याव टेस्टबाट मात्र रोगको पहिचान हुनेछ।

clock शनिबार ०१, असार २०८१ १०:०१

प्रतिक्रिया