धनगढीको सौराइ स्क्वायरले नेपाल र श्रीलंकाको म्याच ठूलो पर्दामा देखाउने

  मङ्गलबार २९, जेठ २०८१ २२:२६

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको सौराइ स्क्वायरले नेपाल र श्रीलंका बीचको क्रिकेट म्याच ठूलो पर्दामा देखाउने भएको छ।

बुधबार नेपालले आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेल खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समयअनुसार ५ः१५ बजे नेपाल र श्रीलंकाको खेल सुरु हुनेछ।

क्रिकेट खेल प्रेमीहरूको सहजताका लागि नेपाल र श्रीलंकाबीचको खेल लाइभ देखाउने व्यवस्था मिलाइएको सौराइ स्क्वायरका सञ्चालक उमेश विक्रम शाहले जानकारी दिए। उनले सौराइ स्क्वायरमा आएर ठूलो पर्दामा म्याच हेरेर खेलको मज्जा उठाउन सबै क्रिकेट प्रेमीलाई आग्रह गरे।

‘हामीले विश्वकपका खेलहरू ठूलो पर्दामा देखाउँदै आएका छौँ,’ शाहले भने, ‘हाम्रो यहाँ खानानास्ताको पनि उचित व्यवस्था छ। सबैले खेलको मज्जा लिनका लागि क्रिकेटप्रेमीहरू आउनुहोला।’

clock मङ्गलबार २९, जेठ २०८१ २२:२६

प्रतिक्रिया