धनगढीको ६ लेनबाट चोरी भएका रेलिङ कवाडीकोमा फेला

  बिहिबार २१, बैशाख २०८० १६:१०

धनगढी । मोहनापुल-अत्तरिया  ६ लेन  सडकको चौराहदेखि भन्सार सडक खण्डबाट चोरी भएका रेलिङहरू फेला परेका छन्।

धनगढी उपमहानगरपालिकाको ६ लेन सडकबाट चोरी भएका रेलिङहरू खोजतलासको क्रममा नगर प्रहरीले फेला पारेको हो। 

उपमहानगरको वडा नम्बर ४ सहिद गेट नजिकै रहेको रामजानकी संकलन केन्द्र  कवाड संकलनकर्ताकोमा फेला परेका हुन्।

नगर प्रहरीले खोजी गर्दा २१ वटा रेलिङ भेटाएको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ।

चोरीमा संलग्न उपर कानूनी कारबाहीका लागि प्रहरी प्रशासनसँग समन्वय गरिने सचिवालयले जनाएको छ।

clock बिहिबार २१, बैशाख २०८० १६:१०

प्रतिक्रिया