सन्दीपले वेस्ट इण्डिजमा हुने विश्वकप खेल खेल्ने

  सोमबार २८, जेठ २०८१ ०७:४७

काठमाडौँ । नेपाली स्टार लेगस्पिनर सन्दीप लामिछानेले जारी नवौँ संस्करणको टी–२० विश्वकपको वेस्ट इण्डिजमा हुने बाँकी खेल खेल्ने भएका छन् । 

क्यानले सन्दीपले विश्वकपको बाँकी खेल खेल्ने भएसँगै युवा बलर प्रतिश जिसी रिजर्भ प्लेयरको सूचीमा राखेको कुरा पनि विज्ञप्तिमार्फत जनाएको छ । यसअघि अमेरिकी दूतावासले भिसा नदिँदा सन्दीप अमेरिका जान पाएका थिएनन् ।

सोही कारण उनले गत मंगलबार नेदरल्याण्ड्सँग भएको खेल पनि गुमाए । यस्तै, सन्दीपले आउँदो बुधबार हुने श्रीलंकासँगको खेल पनि गुमाउनेछन् ।

यद्यपि उनले १५ र १७ जुनमा क्यारेबियन देश सेन्ट भिन्सेन्टमा हुने विश्वकप म्याच भने खेल्न पाउने बताइएको छ ।  

clock सोमबार २८, जेठ २०८१ ०७:४७

प्रतिक्रिया