मोदीलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउने एनडीएको निर्णय

  बिहिबार २४, जेठ २०८१ ०८:०५

एजेन्सी । भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले भारतीय जना पार्टी ९भाजपा० का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेको छ । 

बैठकले मोदीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसमेत गरेको छ । भारतीय जनता पार्टीको प्रस्तावमा फेरि एकपटक नरेन्द्र मोदीलाई एनडीएको नेता चयन गरेको बीबीसी हिन्दीले जनाएको छ ।

भाजपाले चुनावमा दुई सय ४० सीट जितेको छ र आफ्ना सहयोगी दलसँग मिलेर बहुमतको अङ्क कटाएको छ । भाजपा नेता मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ । 

मोदीले शनिवार प्रधानमन्त्रीको शपथ लिने गरी सरकार गठनको गृहकार्य शुरु भएको छ । मोदीले हिजो प्रधानमन्त्रीबाट राजीनामा दिइसक्नुभएको छ । अब नवनिर्वाचित सांसदको शपथग्रहण हुनेछ र संसदबाट सरकार गठनको प्रक्रिया पनि शुरु हुनेछ ।

सत्तागठबन्धनको बैठकले भोलि एनडीएसम्बद्ध सांसद्को बैठक बोलाउने सहमति गरेको छ । त्यसपछि सरकार गठनका लागि राष्ट्रपतिसँग दाबी प्रस्तुत गर्ने कार्यक्रम छ ।

clock बिहिबार २४, जेठ २०८१ ०८:०५

प्रतिक्रिया