लम्कीचुहामा बाँसको झाडीमा नवजात शिशु फेला
धनगढी । लम्कीचुहा नगरपालिका वडा नम्बर १ रोला खोला किनारको बाँसको झाडीमा नवजात शिशु फेला परेको छ। बिहीवार खोला किनारको बाँसको झाडीमा फालिएको जिवित शिशु फेला परेको हो।
एक हप्ता अगाडि जन्मिएको शिशुलाई झाडीमा फालेको अवस्थामा जिवतै शिशुको उद्दार गरिएको प्रहरीले जनाएको छ।वैदेशिक रोजगारमा श्रीमान गएको अवस्थामा घरमा बच्चा जन्माएकी महिलाले शिशु जन्मेको एक हप्तापछि खोलामा फालेको खुलेको कैलाली प्रहरीले जनाएको छ।
शिशु फालेर फरार भएकी महिलालाई माइती नेपालको सहयोगमा महेन्द्रनगरबाट पक्राउ गरेर कैलाली ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। शिशुको लम्कीको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया