धनगढी उपमहानगरले पार्कमोडमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल देखाउने

  मङ्गलबार २२, जेठ २०८१ १६:२६

धनगढी । धनगढी उपमहानगरपालिकाले आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच आज राति हुने खेल निःशुल्क देखाउने भएको छ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल डिसप्लेमा देखाउन लागेको उपमहानगरले जनाएको छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल राति सवा ९ बजे अमेरिकाको डालासमा शुरु हुनेछ । यो खेलको प्रत्यक्ष प्रसारण पार्क गेट अगाडि देखाउन लागेको उपमहानगरपालिकाले जनाएको छ । 

क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले  डिसप्लेको व्यवस्था गरिएको उपमहानगरले जनाएको छ । 
 

clock मङ्गलबार २२, जेठ २०८१ १६:२६

प्रतिक्रिया