जिल्ला स्तरीय टेबुलटेनिस छनौट सम्पन्न

  मङ्गलबार २२, जेठ २०८१ १३:५३

कैलाली । कैलाली जिल्ला टेबुलटेनिस संघले आज जिल्ला स्तरीय अन्डर १५ टेबुलटेनिस खेलाडी छनौट सम्पन्न गरेको छ । छनौट प्रतियोगिता धनगढी स्थित क्षेत्रीय रंगशालामा भएको थियो । 

यहि जेठ ३० देखि ३२ गतेसम्म पोखरामा आयोजना हुने प्रतियोगिताका लागि जिल्ला स्तरीय खेलाडी छनौट गरिएको संघका सचीव निरज चन्दले बताए । 

प्रतियोगितामा सुरज कार्की, आयुष चौधरी, अर्थबिद भट्ट र आर्नभ तिवारी छनौट भएको सचीव चन्दले बताए । उनले यहि २६ गते हुने प्रदेश स्तरीय खेलाडी छनौटमा बिजयी हुनेले पोखरामा हुने प्रतियोगितामा सहभागीता जनाउने बताए । 

कैलाली जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख दीपक सिंहको प्रमुख आतिथ्यमा भएको छनौट प्रतियोगितामा सुदुरपश्चिम टेबुलटेनिस संघका प्रदेश अध्यक्ष रमेश पाण्डेय बिशिस्ट अतिथि रहेका थिए ।

clock मङ्गलबार २२, जेठ २०८१ १३:५३

प्रतिक्रिया