पुनर्वासबाट खैरो हेरोइनसहित तीन युवा पक्राउ

  बिहिबार २१, बैशाख २०८० ०९:५०

महेन्द्रनगर। कञ्चनपुरको पुनर्वासबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ। बुधबार राति करिब साढे ९ बजेतिर पुनर्वास नगरपालिका –५ स्थित दोधा पुल नजिकबाट ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको टोलिले ६ सय मिलिग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मटियारी बस्ने २५ वर्षीय प्रकाश राना, गोदावरी नगरपालिका–९ मरकट्टीका सुवास राना र बेलौरी नगरपालिका–६ रिछाहका  १८ वर्षीय सागर राना रहेका छन्। उनीहरुको साथबाट प्रदेश नं ३–०२–००१ प ११४८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरी निरीक्षक मल्लले बताए।

clock बिहिबार २१, बैशाख २०८० ०९:५०

प्रतिक्रिया