‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड : ठाकुर एग्रो ईन्ड्रष्टिजको साथ

  आइतबार २०, जेठ २०८१ १८:२१

धनगढी । क्रिकेटको सहर धनगढीमा असार ७ गते आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई ठाकुर एग्रो ईन्ड्रष्टिजले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा विभिन्न खाद्य सामाग्री उत्पादन गर्दै आएको ठाकुर एग्रोले सहप्रायोजकको रुपमा साथ दिएको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा ठाकुर एग्रो ईन्ड्रष्टिजका प्रबन्ध निर्देशक हरिशंकर ठाकुर, नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष पैदीप पाठक र सल्लाहकार दीपक उपाध्यायले हस्ताक्षर गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको मुख्य प्रायोजक धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) तथा नवजीवन को–अपरेटिभ्स सहप्रायोजक रहेकोमा विगतका संस्करणमा समेत साथ दिँदै आएको एग्रोले पनि यसपटक अवार्डलाई सहप्रायोजन गरेको हो । यस्तै न्यूसिटी पोलिक्लिनिकले पनि सुदूरपश्चिम आइकन महिला विधालाई प्रायोजन गरिसकेको छ । 

असार ७ गते धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ मार्फत वर्ष ०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५र३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५र२५ हजार नगदबाट पुरस्कृत गरिने छ ।  सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

clock आइतबार २०, जेठ २०८१ १८:२१

प्रतिक्रिया