धनगढीको सडक खण्डमा लगाएका रेलिङ चोरी हुँदै

  बिहिबार २१, बैशाख २०८० ०९:२२

धनगढी । धनगढीको छ लेन सडक खण्डमा लगाएका रेलिङसमेत चोरी भएको छ। धनगढी उप–महानगरपालिकाको छ लेन क्षेत्रको सडक खण्डमा लगाएका रेलिङहरू चोरी भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

भन्सार देखि चौराह क्षेत्रका सडकमा लगाएका रेलिङहरू चोरी भइरहेको नगरपालिकाले जनाएको हो। आ–आफ्नो घर अगाडी त्यस्ता कार्य भइरहेकोे देखेमा समयमै जानकारी गराईदिन उपमहानगरले नगरवासीलाई आग्रहसमेत गरेको छ। यस अघि छ लेन सडक खण्डमा रोपिएका फूलहरुसमेत विभिन्न स्थानबाट चोरी भएका छन्।

clock बिहिबार २१, बैशाख २०८० ०९:२२

प्रतिक्रिया