कञ्चनपुरमा पशुसँग ‘सम्भोग’ गरेर फरार भएका मनोज पक्राउ
कञ्चनपुर । कञ्चनपुर प्रहरीले पशु करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई समातेको छ। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका-१० का मनोज खुना रहेका छन्।
जिल्ला अदालतले उनलाई २०७७ चैतमा १ महिना २० दिनको कैद सजायको फैसला गरेको थियो। उक्त फैसलापछि फरार रहेका खुनालाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ गरेपछि अदालतमा पेश गरिएकोमा आज अदालतले उनलाई कैद भुक्तानका लागि कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया