सन्दीपले स्टाटस मार्फत भने, ‘मेरो सपना पूरा नभए पनि खुसी छु’

  सोमबार १४, जेठ २०८१ १४:५१

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।


पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन् । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरे ।

उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’

clock सोमबार १४, जेठ २०८१ १४:५१

प्रतिक्रिया