बझाङमा यार्सागुम्बा टिप्न गएका पुरुषको मृत्यु
बझाङ । बझाङमा यार्सागुम्बा टिप्न गएका पुरुषको मृत्यु भएको छ। यार्सागुम्बा संकलन गर्नका लागि हिमाली भाग लेकतिर गएका उनकने घर फर्कने क्रममा ज्यान गएको हो।
जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर-४ का अन्दाजी ४४/४५ वर्षीय प्रमु बोहोरोको मंगलबार यार्सागुम्बा संकलन गर्ने ठाँउमा अत्याधिक हिमपात र पानी परेपछी चिसोले कठ्यांग्रीएर र बाटोमै मृत्यु भएको हो। बोहरा यार्सागुम्बा संकलन गर्न चुफी वनतिर गएका थिए।
चुफी वनमा मंगलबार हिमपात परेको बेला घर फर्किदै गर्दा तितापानी भन्ने स्थानमा चिसोले कठ्यांग्रीएर बोहराको ज्यान गएको स्थानीएले बताएका छन्। स्थानीहरु बोहराको शव ल्याउन तितापानी जाने तयारी भईरहेको बताए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया