बि.पी.एस किड्स कपको दोस्रो दिन : मणिलेक, स्टेपिङ, त्रिभुवन र विद्याभुषण विजयी

  बुधबार ०९, जेठ २०८१ १५:२८

धनगढी । सिटी अफ क्रिकेट धनगढीमा जारी बि.पी.एस किड्स कप २०८१ मा दोस्रो दिन  पनि ४ खेल सम्पन्न भएका छन् । धनगढी क्रिकेट एकेडेमी बि.पी.एस को आयोजनामा भइरहेको उक्त प्रतियोगिता नेपालमै पहिलो पटक कक्षा ६ मुनिका विद्यार्थीहरूको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हो ।

प्रतियोगिताको पाँचौँ खेलमा टस जितेर बलिङ रोजेको आयोजक समेत रहेको ब्राईटवे पब्लिक स्कुललाई ब्याटिङ  गरेको मणिलेक स्कुलले १० ओभर खेल्दा ६ विकेटको क्षतिमा ८५ रनको लक्ष्य दियो ।

खेलको दोस्रो ईनिङमा ब्याटिङ गरेको ब्राईटवेले भने ७.२ ओभरमा २५ रन बनाउँदै अल आउट हुँदा पराजय बेहोर्नु परेको छ ।

६१ रनको फराकिलो अन्तरले जित हात पारेको मणिलेका खेलाडी योगेश रावलले २ ओभरमा २ रन दिलाउँदै ५ विकेट लिन सफल भई म्यानअफ द म्याच घोषित भएका छन् ।

यस्तै, प्रतियोगिताका छैटौँ खेलमा टस जितेर ब्याटिङ रोजेको ज्योति बोर्डिङ स्कुलले बलिङ गरेको स्टेपिंङ स्टोन स्कुललाई १० ओभर खेल्दा १० विकेटको क्षतिमा ५० रनको लक्ष्य दियो ।

खेलको दोस्रो ईनिङमा ब्याटिङ गरेको स्टेपिंङ स्टोनले भने ७.५ ओभरमा ८ विकेट गुमाउँदै  ५० रनको लक्ष्य पुरा गर्दै जित हात पार्न सफल भएको छ ।

२ ओभरमा ज्योतिलाई ७ रन दिलाउँदै ३ विकेट लिँदै जित हात पारेको स्टेपिंङ स्टोनका खेलाडी समर्थन खड्का म्यानअफ द म्याच घोषित भएका थिए ।

त्यस्तै, प्रतियोगिता सातौँ खेलमा टस जितेर ब्याटिङ रोजेको त्रिभुवन मावि बोराडाडीले बलिङ गरेको सिद्धार्थ मावि जुगेडा स्कुललाई १० ओभरमा ४ विकेट  गुमाउँदै १४४ रनको लक्ष्य दिएको थियो ।

खेलको दोस्रो ईनिङमा ब्याटिङ गरेको सिद्धार्थ मावि का खेलाडी भने ७ ओभरमै अलआउट हुन पुगे । खेल रोमाञ्चक भए पनि त्रिभुवन माविले १३० रनको फराकिलो अन्तर ले जित हासिल गर्न सफल भएको थियो ।  

उक्त खेलमा २ ओभरमा ४ रन दिएका र २ विकेट लिएका त्रिभुवनका कप्तान सुदर्शन पन्तले ३६ बलमा ७९ रन लिँदै म्यानअफ द म्याच घोषित भएका थिए । यीनी उनै सुदर्शन हुन जसले अघिल्लो खेलमा पनि ४ विकेट लिँदै २९ बलमा सर्वाधिक १०२ रन सहित आफ्नो टिमलाई जित दिलाउँदै प्लेयर अफ दि म्याच बनेका थिए ।

यसै गरी प्रतियोगिताको दोस्रो दिनको अन्तिम खेल अर्थात् आठौँ खेलमा वाल्मीकि ईन्टरनेश्नल र विद्याभुषण विद्यालय बिच भएको खेलमा टस जितेर वाल्मीकिले बलिङ रोजेको थियो ।

विद्याभुषणले वाल्मीकिलाई १४० रनको लक्ष्य दिए पनि वाल्मीकिले भने ८.५ ओभरको समाप्तिमा ३८ रन बनाउँदै अलआउट हुन पुगेको थियो ।

यस खेलमा प्लेयर अफ द म्याच भने १०२ रनको फराकिलो अन्तरले जित्न हासिल गर्न सफल विद्याभुषणका  विज्ञान बोहरा बनेका छन् । उनले आफ्नो टिमलाई जित दिलाउन ३ विकेट दिलाएका थिए ।

जेठ ६ गतेबाट सञ्चालनमा आउने भनिएको प्रतियोगिता ६ गते बिहान अचानक हावाहुरी सहितको पानी परेका कारण एक दिन सार्दै ७ गते देखी लगातार ८ दिन सम्म खेलाइने छ ।

उक्त प्रतियोगिताको विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ, भने उप-विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले साइकल सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति, उत्कृष्ट बलरले जुत्ता, उत्कृष्ट व्याटरले ब्याट सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति प्राप्त गर्ने र उदयमान खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति एवं ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक डी.सी.ए. का म्यानेजर समुयल न्यौपानेले जानकारी दिए ।

धनगढी क्रिकेट एकेडेमी आयोजक रहेको उक्त प्रतियोगितामा ब्राईटवे पब्लिक स्कुल टाइटल स्पन्सर रहेको छ भने सुदूर पश्चिमाञ्चल कलेज, कैलाली जिल्ला क्रिकेट संघ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, चौलानी सुरुवात नयाँ सोचको, ग्रिन क्लिन धनगढी, ब्रेड बक्स, सिपी हस्पिटल र वल्डलिङ्कको साथ रहेको छ ।

clock बुधबार ०९, जेठ २०८१ १५:२८

प्रतिक्रिया