सुदूरपश्चिममा हिम पहिरोमा परेर ६ जना बेपत्ता, एक घाईते

उद्धार गर्न सुरक्षाकर्मी परिचालन

  मङ्गलबार १९, बैशाख २०८० १८:४८     विश्वास खबर

धनगढी ।  सुदूरपश्चिममा हिम पहिरोमा परेर ६ जना बेपत्ता भएका छन भने एक जना घाईते भएका भएका छन् । दार्चुलामा हिमपहिरो ४ पुरुस र एक जना महिला बेपत्ता भएका हुने भने बझाङमा हिमपहिरोमा परेर एक जना महिला बेपत्ता भएका हुन । 
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले यार्सागुम्बा संकलन गर्न गएका ५ जना मानिस हिम पहिरोमा परेको जानकारी दिनु भयो । उहाले स्थानीयहरुबाट ५ जना बेपत्ता र एकजना घाइते भएको खबर आएको बताउनु भयो ।

मंगलबार जिल्लाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिम पहिरो आएको हो ।  यार्सागुम्बा टिप्न गएका १२ जना स्थानिय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएका बेला ५ जना हिम पहिरोमा बेपत्ता भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशिले बताउनु भयो । उहाले हिमाली क्षेत्रमा हिमपात जारीरहेकाले खोजिकार्यमा समस्या भईरहेको बताउनु भयो । 

यसैगरी बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला पनि हिमपहिरोमा परि बेपत्ता भएकी छन् । हिम पहिरोमा परी सुर्मा गाउँपालिका–१ द्यौलीचौर घर भएकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन् ।

उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गरेर फर्किने बेला बेपत्ता भएको खबर आएको एसपी चौधरीले बताउनु भयो । सोमवार राति हिम पहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको बताइएको छ ।

बझाङ र दार्चुलामा हिमपहिरोमा पुरिएकाको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ । खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल तिर गएको हो । 
हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको हो ।  

चौकीबाट असईको कमान्डमा टोली खटिएको छ । दार्चुलाको हिमाली क्षेत्रमा हिमपात जारी छ । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार उद्धारका लागि घटनास्थलको अवस्थाका बारेमा जानकारी सुरक्षाकर्मी परिचालन गरिएको हो ।

clock मङ्गलबार १९, बैशाख २०८० १८:४८     विश्वास खबर

प्रतिक्रिया