धनगढीमा सुदूरपश्चिमका डिआइजी र उपमहानगरबिच छलफल

  मङ्गलबार १९, बैशाख २०८० १८:०२

धनगढी । धनगढीमा सुदूरपश्चिम प्रदेशका नयाँ डिआइजी प्रहरी नायव उपरीक्षक भरतबहादुर बोहरा र धनगढी उपमहानगरका पदाधिकारी एवं कर्मचारीबिच छलफल भएको छ।

आज उपमहानगरपालिकाका मेयर गोपाल हमालले डिआइजी बोहरालाई धनगढीमा स्वागत गर्दै आगामी सुरक्षा व्यवस्था सम्वन्धि छलफल गरिएको छ। 

उपमहानगरपालिकामा डिआइजी बोहरालाई स्वागतसहित युवाहरुमा बढ्दै गएको लागुऔषध दुव्र्यसनीको अवस्था, न्युनिकरण एवं रोकथामका लागि मिलेर सहकार्य गर्ने विषयमा समेत छलफल भएको उपमहानगरले जनाएको छ।

लागुऔषध नियमन र न्युनिकरणका लागि पुनस्र्थापना केन्द्र स्थापना गर्ने, औषधि पसलहरुको अनुगमन गर्ने तथा लागुऔषध विक्रीवितरण गरेको पाइएमा कारवाही गर्ने लगायत विषयमा छलफल भएको हो।
 

clock मङ्गलबार १९, बैशाख २०८० १८:०२

प्रतिक्रिया