यु–१६ विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता : मणिलेक अन्तिम चारमा

  मङ्गलबार ०८, जेठ २०८१ ०८:१६

धनगढी । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा कैलाली यु–१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनशिप २०८१ प्रतियोगितामा मणिलेक स्कुलले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ। 

धनगढी कै वेस्टर्न क्रिस्टललाई ४ विकेटले हराउँदै मणिलेक स्कुलले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।

सुरुवाती व्याटीङ गरेको वेस्टर्न क्रिस्टल १५ ओभरमा सबै बिकेट गुमाउँदै १२० रनमा समेटियो । उसका सिदान्सु रावलले २३ रन बनाए। मणिलेकका निश्चल क्षेत्रीले ४ विकेट हात पारे। 

जवाफी बयाटीङमा उत्रिएको मणिलेकले १३.४ ओभरमा ६ विकेटको गुमाउदै १२१ रनको लक्ष्य भेट्टायो। जसमा निश्चल क्षेत्रीले ४७ रन बनाए। वेस्टर्नका सुरज कडायत र निरज शाहीले २र२ विकेट लिए। खेलको म्यान अफ द म्याच निश्चल क्षेत्री भए ।

कैलाली यू–१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा ऐश्वर्या विद्या निकेतन९एभीएन० र मणिलेक स्कुल सेमिफाइनल प्रवेश गरेका छन्।

clock मङ्गलबार ०८, जेठ २०८१ ०८:१६

प्रतिक्रिया