कक्षा ६ मुनिका विद्यार्थीको क्रिकेट प्रतियोगितामा मणिलेकको विजयी सुरुवात

  सोमबार ०७, जेठ २०८१ १०:५५

धनगढी । कैलालीको धनगढीमा जारी कक्षा ६ मुनिका विद्यार्थीको क्रिकेट प्रतियोगितामा मणिलेक ईन्टरनेशनल स्कुलले विजयी सुरुवात गरेको छ । 

सी.सी.एस. स्कुललाई ८ विकेटले पराजित गर्दै मणिलेक ईन्टरनेशनलले बिजयी सुरुवात गरेको हो ।  

नेपालमै पहिलो पटक सिटी अफ क्रिकेट धनगढीमा अन्तर विद्यालय कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता हुने भएको हो। 

प्रतियोगिताको विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उप–विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले साइकलसहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति, उत्कृष्ट बलरले जुत्ता, उत्कृष्ट व्याटरले ब्याट सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति प्राप्त गर्ने र उदयमान खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति एवं ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

clock सोमबार ०७, जेठ २०८१ १०:५५

प्रतिक्रिया