रवि लामिछानेका चालक थापाको मृत्यु

  मङ्गलबार १९, बैशाख २०८० १७:१७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको निधन भएको छ ।

चुनाव प्रसार प्रसारका लागि चितवनमा रहेका बेला छतबाट खसेर घाइते भएका थापाको मंगलबार उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । 

ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रविण पोखरेलका अनुसार उनको दिउँसो १ बजेर ४० मिनेटमा निधन भएको हो ।

थापाको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र पोस्टमार्टम सकिएपछि परिवारलाई जिम्मा लगाइने प्रवक्ता पोखरेलले बताए । 

उनी वैशाख ४ गते लामिछानेको चितवनस्थित लामिछानेको घरको छतबाट खसेका थिए । गम्भीर घाइते भएका उनलाई भरतपुर मेडिकल कलेजमा लगिएको थियो ।

थप उपचारका लागि उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो।

clock मङ्गलबार १९, बैशाख २०८० १७:१७

प्रतिक्रिया