रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

  शुक्रबार ०४, जेठ २०८१ ०७:४०

एजेन्सी । पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् ।

उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् ।

बिजनेस म्यागजिन फोर्ब्सका अनुसार ३९ वर्षीय पोर्चुगल फरवार्डले पछिल्लो १२ महिनामा १ सय ३६ मिलियन डलरदेखि २ सय ६० मिलियन डलर कमाएका छन् ।

रोनाल्डोका अर्जेन्टिनी प्रतिद्वन्द्वी लियोनल मेस्सी तेस्रो स्थानमा झरेका छन् । यो सुचीमा गल्फका जोन रहम दोस्रो स्थानमा उक्लिएका छन् ।

स्पेनिस गल्फरले साउदी अरबको सहयोगमा भएको लिभ गल्फ टूरपछि २ सय १८ मिलियन डलर कमाई गरेको रिपोर्ट छ ।
साउदी प्रो लिगमै प्रस्थान गरेपछि ब्राजिली फुटबलर नेयमार र फ्रान्सेका करिम बेन्जेमा पनि फोर्ब्सको शीर्ष १० मा अटाएका छन् ।

जियानिस एन्टेटोकोनम्पो पाँचौं स्थानमा रहँदा उनका सहयात्री बास्केटबलका स्टारहरु लेब्रोन जेम्स चौथो र स्टेफन करी नवौं स्थानमा छन् । अमेरिकी फुटबलर लामार ज्याक्सन शीर्ष १० मा अटाएका छन् ।

फोब्र्सका अनुसार, विश्वका १० सबैभन्दा धेरै कमाउने एथलीटहरूले विगत १२ महिनामा कर र एजेन्टको शुल्कअघि सामूहिक रूपमा १।३८ बिलियन कमाएका छन् । जुन अहिलेसम्मकै उच्च हो ।

सन् २०२४ मा सबैभन्दा धेरै कमाउने विश्वका शीर्ष १० खेलाडीहरू
१. क्रिस्टियानो रोनाल्डो, फुटबल – २६० मिलियन डलर
२. जोन रहम, गल्फ – २१८ मिलियन डलर
३. लियोनेल मेस्सी, फुटबल – १३५ मिलियन डलर
४. लेब्रोन जेम्स, बास्केटबल – १२८.२ मिलियन डलर
५. जियानिस एन्टेटोकोनम्पो, बास्केटबल – १११ मिलियन डलर
६. केलियन एमबाप्पे, फुटबल – ११० मिलियन डलर
७. नेयमार, फुटबल – १०८ मिलियन डलर
८. करिम बेन्जेमा, फुटबल – १०६ मिलियन डलर
९. स्टेफन करी, बास्केटबल – १०२ मिलियन डलर
१०. लामार ज्याक्सन, अमेरिकी फुटबल – १००.५ मिलियन डलर

clock शुक्रबार ०४, जेठ २०८१ ०७:४०

प्रतिक्रिया