नाबालिकलाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सशस्त्र प्रहरी हवल्दार पक्राउ

  मङ्गलबार १९, बैशाख २०८० १२:२८

कञ्चनपुर । नाबालिकलाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चनपुर प्रहरीले एक जना सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–९ ब्रम्हदेव घर भएका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए। बुढा झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत थिए। बुवा बिरामी भएको बहाना बनाएर उनी १५ दिनको घर विदामा आएका थिए। 

आइतबार मध्यरातमा मदिरा सेवन गरी बुढा १५ वर्षीया नाबालिक सुतेको घरमा जर्बजस्ति प्रवेश गरेका थिए। ती नाबालिक कराएपछि घरका अन्य सदस्य र छिमेकीले थाहा पाएको प्रहरीले जनाएको छ। बुढा मोबाइलसहित केही सामान त्यहीँ छाडेर भागेका थिए।

पीडित नाबालिकका आफन्तले सोमबार प्रहरी कार्यालयमा उजुरी दिएपछि बुढा पक्राउ परेको डिएसपी डाँगीले बताए। सशस्त्रको झलारीस्थित ३५ नम्बर गणका प्रमुख एसपी प्रेम रावलका अनुसार मुद्दा दर्ता भएपछि बुढा स्वत निलम्बनमा परेका छन्।

‘नेपाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, हाम्रो तर्फबाट हुनसक्ने सम्पूर्ण सहयोग गछौँ, दोषी भेटिएमा कानुन बमोजिम हदैसम्मको कारबाही होस्,’ उनले भने। एसपी रावलका अनुसार बुवालाई क्यान्सर भयो, उपचारका लागि चितवन लैजान्छु भन्दै बुढाले विदा स्वीकृत गराएका थिए। 

clock मङ्गलबार १९, बैशाख २०८० १२:२८

प्रतिक्रिया