क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

  बिहिबार ०३, जेठ २०८१ ०६:२२

काठमाण्डौ । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । 

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।

आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने भन्दै क्यानका कोषाध्यक्ष पदम खड्काले आज निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारी गर्ने बताए । 

नेपाली टोली अहिले वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक जना खेलाडी भने बाहिर ल्याउनुपर्छ । 

clock बिहिबार ०३, जेठ २०८१ ०६:२२

प्रतिक्रिया