कञ्चनपुरको पुनर्वासमा गरे छोराले आफ्नै बाबुको हत्या

  मङ्गलबार १९, बैशाख २०८० ०९:१८

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा एक युवकले आफ्नै  बाबुको हत्या गरेका छन । पुनर्वास नगरपालिका ४ कार्कीचोकका ३० बर्षिया गणेश खडकाले आफ्नै बाबु धन बहादुर खडकाको हत्या गरेका हुन ।

 निर्दही नालायक छोराले बाबुको हत्या गरेपछि खडका परिवारमा सन्नटा छाएको छ । आफ्नै सन्तानबाट मृत्युबरण गर्नुपर्ने ति जेष्ठ नागरिकको हत्या गर्ने छोरा प्रहरी फन्दामा परेका छन । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले घरसायी विवादका कारण बाबुछोराविच झगडा हुुँदा छोराले बाबुमाथि काठको चिर्पट प्रहार गर्दा धन बहादुर खडकाको मृत्यु भएको बताए । 

७१ बर्षिया बाबुको हत्या गरेर भाग्न खोजेका गणेश प्रहरीको नियन्त्रणमा छन । घटना स्थलमा प्रहरीले अहिले मुचुल्का उठाईरहेको छ । कञ्चनपुरमा दुईदिन सोमदेखि लगातार पानी परेपछि घटना बारे गाँउमा समेत खासै होहल्ला भएको छैन । अहिले घरसायी विवादले घटना भएको प्रारम्भिक जानकारी आएपछि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

clock मङ्गलबार १९, बैशाख २०८० ०९:१८

प्रतिक्रिया