यु–१६ विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता : मणिलेकको विजयी सुरुवात

  सोमबार ३१, बैशाख २०८१ ०७:०३

धनगढी । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा कैलाली यु १६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनशिप २०८१ प्रतियोगिताको सुरु भएको छ ।

प्रतियोगिताको पहिलो खेलामा मणिलेक ईन्टरनेशनल स्कुलले विजयी सुरुवात गरेको छ । मणिलेकले अत्तरीयाको सत्यवती एकेडेमीलाई ७ वीकेटले पराजीत गरेको हो । 

टच जितेर पहिले ब्याटिङ गरेको सत्यवतीले १४ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाउन सक्यो । सत्यवती एकेडेमीका लागि अमन कठायत १४, राहुल भट्ट र कृष्ण धामीले समान ७ र ७ जोडे । मणिलेकका राजेश ठगुन्ना ३, मनोज विष्ट र प्रशान्त शिहंले समान २ २ विकेट लिए । 

जबाफी ब्याटिङ उत्रिएको मणिलेक ईन्टरनेशनलले ६ दशमलव ३ ओभरमा ६० रन हान्दै लक्ष्य भेटायो । मणिलेकका लागि निश्चल क्षेत्रीले ३०, अमिन धामीले ८, प्रेम विष्ट ७ रन जोडे । सत्यवतीका निश्चल, शुभम र अमनले समान १ १ विकेट लिए ।  

clock सोमबार ३१, बैशाख २०८१ ०७:०३

प्रतिक्रिया