आज पनि देशका अधिकांश स्थानमा चट्याङ्गसहित वर्षा
धनगढी । आज पनि देशका अधिकांश स्थानमा चट्याङ्गसहित वर्षा हुने भएको छ। आज दिउँसो सुदूरपश्चिम, कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि बदली रहने छ।
देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया