धनगढी यु–१६ विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुँदै

  शुक्रबार २८, बैशाख २०८१ २१:२६

धनगढी । कैलालीको धनगढी यु–१६ विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । 

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३० गतेबाट प्रतियोगिता आयोजना हुने भएको हो । 

कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले फाप्ला क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा १८ टिमको सहभागिता रहने बताए । 

प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार, द्वितीयले २५ हजार ट्रफि, मेडल प्रमाण पत्र पाउने अध्यक्ष विष्टले जानकारी दिए । 

clock शुक्रबार २८, बैशाख २०८१ २१:२६

प्रतिक्रिया