कञ्चनपुरमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्कीदा एकजनाको मृत्यु

  सोमबार १८, बैशाख २०८० १०:२९     विश्वास खबर

कञ्चनपुर । कञ्चनपुरमा दुर्घटना भएको छ। रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्कीदा एकजनाको मृत्यु भएको हो।

 आइतवार कृष्णपुरको वनदेवी मन्दिर नजिकै सुदूरपश्चिम प्रदेश ०२००४प १८४६ नम्बरको मोटरसाइकल डिजेल सकिएर रोकिराखेको से १ त २८२९ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक वेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको सुदूरपश्मि प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

 बडुवालको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा आइतबार बेलुकी ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडी सवार कृष्णपुरकी २० वर्षीया गरीमा महता घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock सोमबार १८, बैशाख २०८० १०:२९     विश्वास खबर

प्रतिक्रिया