सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेपछि स्थगित
काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा परेपछि आइतबारको सुनुवाइ स्थगित भएको छ ।
उक्त मुद्दाको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । न्यायाधीश निरौलाले उक्त मुद्दामा पहिले नै सुनुवाइ गरेका थिए । उनले विपक्षी झिकाउने आदेश गरेकाले हेर्न नमिल्नेमा परेको हो ।
काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन् ।
यस्तै, सरकारी वकिलको कार्यालयले पनि लामिछानेलाई सुनाइएको सजाय कम भएको भन्दै पुनरावेदन गरेको छ । उच्च अदालतले यी दुवै पुनरावेदनमा एकसाथ सुनुवाइ गर्न लागेको हो ।
प्रतिक्रिया