अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
धनगढी । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षिय याम ढोलीको भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले बताएको छ।
अछाम प्रहरीका अनुसार उनी शनिवार सैनबजारबाट बलाता जाँदै थिए।
नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन्।
उनको पोष्टमाटमपछि शव आफन्ताको जिम्मा लगाइएको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया