वेस्टइन्डिज ‘ए’ ले दियो नेपाललाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य

  शनिबार १५, बैशाख २०८१ १४:१६

काठमाडौं । आजदेखि सुरु भएको नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’को पहिलो खेलमा नेपालले २०५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रनको स्कोर खडा गरेको हो। 

वेस्टइन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए। उनले उक्त रन ९ चौका र दुई छक्काको मद्दतले बनाएका हुन्। 

यस्तै एलिक अथानाजले ४७ बनाउँदा केसी कार्थीले ३८, कदीम अलाइनीले १४ तथा आन्द्रे फ्लितचरले १३ रन बनाए। 

नेपालका लागि कमलसिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनास बोहोराले एकरएक विकेट लिए। टस जित्दै नेपालले पहिला फिल्डिङ रोजेको थियो। 

clock शनिबार १५, बैशाख २०८१ १४:१६

प्रतिक्रिया