कैलालीको अत्तरियामा खुल्यो ‘अत्तरिया स्केटिङ’

  शुक्रबार १४, बैशाख २०८१ १६:०१

अत्तरिया । कैलालीको अत्तरियामा अत्तरिया स्केटिङ संचालनमा आएको छ । गोदावरी नगरपालिका-२ अत्तरिया चोकमा रहेको सिटी सेन्टरको तेस्रो तलामा अत्तरिया स्केटिङ सञ्चालनमा आएको हो ।

करिब २० लाखको लागतमा अत्तरिया स्केटिङ सञ्चालनमा ल्याईएको सञ्चालक भुवन महराले बताए । उनले पछिल्लो समय बालबालिकामा मोबाईल हेर्ने बानि बढ्दै गएको र युवाहरु पनि विभिन्न किसिमको कुलतहरूमा फसेकाले उनीहरुलाई खेल संगै मनोरञ्जन तर्फ आकर्षित गर्नका लागि स्केटिङ संचालनमा ल्याईएको बताए ।

दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत रहेका महराले स्केटिङ एउटा साहसी खेल तर अरु खेलभन्दा गाह्रो हुने भएकाले सिकाउनका लागि अनुभवी प्रशिक्षक संगै सम्भावित दुर्घटनालाई ख्याल गरी सुरक्षाका सामाग्रीको ब्यबस्था गरिएको बताए।

त्यस्तै अर्का सञ्चालक प्रकाश महराले स्केटिङ यस क्षेत्रम नौलो भएको बताउदै युवा र बालबालिकाहरूका लागि यो खेल महत्वपूर्ण समेत रहेको बताए । उनले स्केटिङ खेल सिकाएर उत्कृष्ट खेलाडीहरूलाई देशभित्र र देश बाहिरका विभिन्न प्रतियोगिताहरूमा सहभागी गराउने लक्ष्य समेत रहेको बताए ।

बिहान देखि राती १० बजेसम्म स्केटिङ खेल्न सकिने छ भने स्केटिङ खेल्नका लागि १ घण्टाको २ सय टिकट दर तोकिएको छ ।

clock शुक्रबार १४, बैशाख २०८१ १६:०१

प्रतिक्रिया