धनगढी उडेको बुद्व एयरको विमान नेपालगञ्जमा अवतरण

  आइतबार १७, बैशाख २०८० ०७:२९

धनगढी । धनगढीका लागि उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण गरिएको छ। काठमाण्डौंबाट शनिवार साँझ धनगढीका लागि उडेको विमान आकाशबाटै फर्किएको हो। 

धनगढीको आकाशमा पुगेर अवतरण गर्न केही मिनेट बाँकी रहेका बेला मौसममा एक्कासी खराबी देखिएपछि विमान नेपालगञ्ज फिर्ता भएको विमानस्थलले जनाएको छ।

विमान प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्ने जानकारी गराउदै आकाशबाटै फर्किएको हो। उक्त विमानलाई नेपालगञ्ज विमानस्थलमा सुरक्षित अवरण गराइएको हो। 

विमान काठमाडौँबाट ७ बजेर ३६ मिनेटमा धनगढीका लागि उडेको थियो।  यात्रुहरुको टिकट वापतको रकम भने बुद्ध एयरले फिर्ता गरेको बताईएको छ।

clock आइतबार १७, बैशाख २०८० ०७:२९

प्रतिक्रिया