पर्यावरण संरक्षण एव वन पैदावर व्यवसायी संघको अध्यक्षमा शाह

  आइतबार १७, बैशाख २०८० ०७:१८     विश्वास खबर

धनगढी । पर्यावरण संरक्षण एव वन पैदावर व्यवसायी संघको अध्यक्षमा जोनकुमार शाह निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न १० औं साधारण सभाबाट शाहको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्ष (उद्योग) मा तर्कराज जोशी, उपाध्यक्ष (सप्लायर्स) मा नरोत्तम भट्ट, महासचिवमा महेश्वर ओझा, कोषाध्यक्षमा प्रकाशबहादुर खडका, सह–सचिवमा रोमजंग स्वार, सह–कोषाध्यक्षमा दिपेन्द्र गिरी निर्वाचित भएका छन् ।

यस्तै, लालबहादुर शाही, ललित जोशी, दलबहादुर विक, कल्पना बुढाथोकी खडका, भिमबहादुर ऐर, रुपेश मधिकर्मी सदस्यमा निर्वाचित भएका छन् ।

clock आइतबार १७, बैशाख २०८० ०७:१८     विश्वास खबर

प्रतिक्रिया