सन्दीपको पेसी आजपनि, गाउँपालिकाले पठायो उच्चले मागेको विवरण

  सोमबार १०, बैशाख २०८१ ०८:४९

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलत्कार मुद्दामा सोमबार उच्च अदालतमा सुनुवाई हुँदैछ। यसअघि गत ३ वैशाखमा भएको पेसीमा न्यायाधिश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्मदर्ता प्राप्त गर्नका लागि दिएको सक्कली निवेदन र जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति माग गरेको थियो।

अदालतको आदेश अनुसार गाउँपालिकाले विवरण पठाएको छ। स्रोतका अनुसार तादी गाउँपालिकाले यसअघि जिल्ला अदालतलाई पठाएको विवरणनै आधिकारी भएको विवरण उच्चलाई पनि पठाएको छ।

गाँउपालिकाले यसअघि जिल्ला अदालतलाई गौशाला २६ बालिग रहेको प्रमाणहरू पठाएको थियो। उच्च अदालतमा पठाइएको विवरणमा २०७७ मा एसइई उतिर्ण गरेको प्रमाणपत्र अनुसार जन्मदर्ता सच्याउन माग गरिएको तर त्यसअघिनै पालिकाको अभिलेखमा उनको वास्तविक जन्ममित २०६१र०३र१८ भएको उल्लेख गर्दै विवरण पठाइएको छ।

सन्दीपका कानुन व्यवसायि भने जतिसक्दो चाँडो यो मुद्दाको टुंगो लगाउँनु पर्ने बताउँदै आएका छन्। यद्यपि उच्च अदालतले पनि थप विवरणहरु मगाउन सुरू गरेसँगै मुद्दा लम्बिने सम्भावना बढेको छ।

सन्दीपका कानुन व्यवसायि सरोजकृष्ण घिमिरेले आफूहरूले सबै तयारी पुरा गरेकाले अदालतले न्यायमा ढिलाई नगर्ने विश्वास ब्यक्त गरे। उनले भने,’एउटा पक्ष सन्दीपले टी(२० विश्वकप खेल्न पाउँछ कि भनेर मुद्दालाई लम्ब्याउन प्रयासरत देखिन्छ। तर न्यायका लागि उच्च अदालतले ढिलाइ नगर्ने कुरामा विश्वस्त छु।’

clock सोमबार १०, बैशाख २०८१ ०८:४९

प्रतिक्रिया