मिटर ब्याज पीडितलाई उजुरी दिन कैलाली प्रशासनको आग्रह
धनगढी । मिटर ब्याज पीडितलाई उजुरी दिन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ। पिडितहरुलाई भोलि (आइतवार) १७ गतेदेखि ३१ गतेसम्म उजुरी दिन कैलाली प्रशासनले शुक्रवार सूचना निकालेर आग्रह गरेको हो।
कार्यालयको सहायता कक्षमा गई यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निःशुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया