बैतडीमा भतिजीलाइ करणी गरेको आरोपमा काका पक्राउ
बैतडी । बैतडीमा भतिजीलाइ करणी गरेको आरोपमा काका पक्राउ परेका छन्। जिल्लाको सिगास गाउँपालिकाका २२ वर्षीय युवक पक्राउ परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले बताए। ती युवकलाई १५ वर्षीया किशोरी करणीको आरोपमा पक्राउ गरिएको हो।
गत पुस १५ गते करणीको घटना भए पनि शुरुमा गाउँमै मिलाउन खोजिएकाले ढिला गरी सार्वजनिक भएको बताइएको छ। घरमा कोही नभएका वेला ती युवकले भतिजीमाथि करणी गरेको आरोप छ।
इलाका प्रहरी कार्यालयको हिरासतका रहेको ती युवकमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएर अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
                    
                                
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया